शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

पित्त थैलीको क्यान्सर बिरलै तर भयानक

  • सागर रिमाल
  • प्रकाशित मिति : बुधबार, साउन १५, २०७६


पित्त थैलीको क्यान्सर बिरलै तर भयानक

डा सागर रिमाल

मानव शरीरमा विभिन्न खालका रोग लाग्ने गर्छन ती मध्ये क्यानसर रोगलाई सबैभन्दा खतरनाकको सुचिमा राख्ने गरिन्छ । क्यासर रोग मध्ये पित्त थैलीको क्यानसर ( Gall bladder cancer) बिरलै भेटिन्छ तर भयानक हुन्छ । यो खालको क्यानसर प्राय अमेरिकन मुलुकमा भेटिन्छ तर यसको अर्थ यो होइन कि नेपालमा भेट्टिदै भेटिदैन कतिपय अवस्थामा रोग के हो भन्ने पत्ता नलाग्दै बिरामीको मृत्यु हुने गर्दछ । यो क्यान्सर पित्तथैलीको नलीमा हुने गर्छ । विशेषगरी बृद्धअबश्थाका मानिसमा बढी देखिने यो रोगको सुरुवाती लक्षण खासै देखा पर्दैन । जब देखिन्छ, त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्छ । समयमै पत्ता लगाउन सकेको खण्डमा यो क्यान्सर सजिलै निको पार्न सकिन्छ तर रोग लागेको अधिक समय पछि मात्र विरामीहरू चिकित्सक कहाँ पुग्ने हुँदा यसको उपचार लगभग असम्भव हुने गर्दछ । पित्तथैलीको नलीलाई अंग्रेजीमा बाइल डक्ट पनि भनिन्छ । बाइल डक्ट एक किसिमको सानो नली हो, जुन कलेजोको भित्री भाग, पित्ताशय हुँदै सानो आन्द्रामा पुग्ने गर्छ  । यस्ता डक्ट विभिन्न नलीहरू मिलेर बनेको हुन्छ । यही नली हुँदै कलेजोले उत्पादन गरेको बाइल बगेर पित्ताशयमा एकत्रित हुने गर्दछ ।

क्यान्सरका लक्षण 
जण्डिस
यस रोगमा व्यक्तिको छाला पहेँलो हुने गर्दछ । साथै क्यान्सरका कारण पित्तलाई सानो आन्द्रामा जान बाधा हुने गर्छ ।

छाला चिलाउनु
पित्तथैलीको क्यान्सरका भएमा शरीरमा विलिरुविनको मात्रा बढी हुने गर्छ । फलतः छाला चिलाउने गर्दछ ।

पेट फुल्लिने /सुन्निने
क्यान्सर भएमा कोषिकाहरूले राम्ररी काम गर्न सक्दैनन्, जसका कारण पेट फुल्ने, सुुन्निने तथा दुख्ने गर्दछ ।

वान्ता हुनु/ज्वरो आउनु
कलेजो तथा रगतमा विलिरुविनको मात्रा बढ्ने तथा संक्रमण हुनाले पित्त थैलीमा अवरोध सिर्जना हुन्छ । जसका कारण ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछ ।

गाढा पहेँलो पिसाब आउने
पित्तथैलीको क्यान्सर भएमा रगतमा विलिरुविनको मात्रा बढ्ने भएकाले पिसाब गाढा पहेँलो हुने गर्दछ ।

थकान तथा कमजोरी महसुस हुने
यस क्यान्सरबाट पीडित व्यक्तिको तौल क्रमशः कम हुने गर्दछ । साथै उनीहरूलाई कुनै पनि काम गर्दा थकाइ लाग्ने तथा कमजोरी महसुस हुने गर्दछ ।

(लेखक  देवदह मेडिकल कलेजमा कार्यरत जनरल सर्जन हुन )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra