शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

एपेन्डिसाइटिस के हो ?

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६


एपेन्डिसाइटिस के हो ?

एपेन्डिसाइटिस एक गम्भीर रोग हो। समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ। विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिने वित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ।एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ। यसलाई एपेन्डिसाइटिस भनिन्छ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स नामक आन्द्रामा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ। शरीरमा रहेको छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिसाइटिस हुनुभन्दा पहिले व्यक्तिको पेट पटक-पटक दुखिरहन्छ ।

दुखाइ विस्तारै पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । दुखाइ विस्तारै बढ्दै जान्छ। कहिलेकाही यो केही समयका लागि आफै निको पनि हुन्छ।फेरि बढ्छ।

एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाक वाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ। एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ।

पेटको दुखाइ सही नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना बढी हुन्छ। यस्तो अवस्थामा चिकित्सकले छिट्टै शल्यक्रिया गर्न सल्लाह दिन्छन्।

एपेन्डिसाइटिसका प्रकार

एक्युट एपेन्डिसाइटिस

यस्तो एपेन्डिसाइटिस क्रोनिक एपेन्डिसाइटिसजस्तो हुँदैन।यो केही समय वा केही दिनभित्र विकसित हुन्छ।एक्‍कासी पेट दुख्न थालेपछि कतिपय बिरामीले ग्याष्ट्रिक बढ्यो भनेर लापरवाही गर्छन्।त्यसैले सुरुमा यसको पहिचान गर्न अप्ठयारो हुन्छ।

क्रोनिक एपेन्डिसाइटिस

यसको दुखाइ लामो समयसम्म भइरहन्छ। क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा असर गरेपछि यसको लक्षण देखापर्छ। एपेन्डिक्स संक्रमण भए विस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ ।बिरामीलाई उठ्न बस्न निकै समस्या हुन्छ। समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न सक्छ। बिरामीले समयमै उपचार पाएन भने मृत्युको नजिक पुग्न सक्छ।

यदि एक्युट एपेन्डिसाइटिस भएमा तत्काल शल्यक्रियाको अवश्यकता पर्छ। एपेन्डिक्समा दिसा रोकिएमा, वा जीवाणुको संक्रमण भएमा वा कुनै अन्य प्रकारको रोकावट भएमा यसले रोगको रुप लिन थाल्छ। यदि दुखाइ छिटो र सही नसक्ने गरी बढ्छ भने यसको संक्रमण पनि बढेको भन्ने बुझिन्छ।यस्तो अवस्थामा शल्यक्रियाको जरुरी पर्छ।

यस्तो देखिन्छ लक्षण

– सुरु सुरुमा सामान्य पेट दुख्छ।

– भोक विस्तारै हराउँदै जान्छ।

– खानेकुरा खानेवित्तिकै वान्ता हुन थाल्छ

– पेटको दुखाइ बढ्दै जान्छ

– दुखाइ एकै ठाउँमा हुँदै शरीरका अन्य भित्री अंगसम्म फैलिँदै जान्छ ।

– बिरामीले दुखाइको निश्चित ठाउँ पहिचान गर्न गाह्रो पर्छ ।

– पेटको सम्पूर्ण भाग दुखेजस्तो अनुभव हुन्छ।

– पेटको दाहिने तल्लो भागमा दुखाइको मात्रा बढी हुन्छ।

– ज्वरो बढ्दै जान्छ।

– विस्तारै पूरै शरीर दुखेको अनुभव हुन्छ।

– दिशा पिसाव गर्दा समस्या हुन्छ

– ग्यास्ट्रिकका साथै कब्जियतको समस्या पनि देखिन थाल्छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra