बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

के हो मोतियाबिन्दु ? लक्ष्ण, उपचार र रोकथाम कसरी गर्ने ? ?

  • डा उमेश बेलबासे
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


के हो मोतियाबिन्दु ? लक्ष्ण, उपचार  र रोकथाम कसरी गर्ने ? ?

गर्मी समयमा आँखा चिलाउने एलर्जी हुन्छ । योे समयमा मोतिबिन्दु हुने बिरामी आउने गरेका छन् । मोति बिन्दु उपचार गरेर निर्मूल हुन्छ । सुगरको कारण पनि धेरै आँखाको समस्या आएको छ । यस्तो समस्या उपचार गरेर पूरै समस्या समाधान हुँदैन, कममात्र गराउँछ । मधुमेहको उपचार र आँखाको उपचार सँगसँगै गर्नुपर्छ । चिलाउने, पोल्ने सधैं नै हुन्छ ।

के हो मोतिबिन्दु ?
आँखाको भित्र लेन्स हुन्छ, उमेर बढ्दै जाँदा हाम्रो कपालको रौं फुलेको जस्तै लेन्स पनि सेतो भएर फुल्छ । लेन्सबाट देख्नुुपर्ने हो तर सेतो भएपछि हेर्नलाई असर गर्छ । क्यामराको लेन्स बिग्रियो भने अर्को लेन्स हाल्नुपर्छ, त्यस्तै आँखाको पनि अर्को हाल्नुपर्ने हुन्छ ।

हाम्रो आँखामा जन्मे देखिनै लेन्स हुन्छ । लेन्सले प्रकाशको किरणलाई मोडेर आँखाको पर्दा (रेटिना) मा पुग्न सहायता प्रदान गर्छ, जसले गर्दा आँखा अगाडी देखिने चित्र सफा हुने गर्छ । लेन्स धमिलो भएमा आँखा अगाडीको चित्रहरु पनि धमिलो हुने गर्छ, जसलाई मोतियाबिन्दु भन्ने गरिन्छ ।  यो धमिलोपना अझै बढ्छ र हेर्नमा कठिनाइ हुन्छ । मोतियाबिन्दु एउटा वा दुवै आँखामा हुन सक्छ । तर यो एउटा आँखाबाट अर्कोमा चाहिं सर्दैन ।

लक्षण
आँखा हेर्न गाह्रो हुने, धमिलो हुने, रातिको समयमा गाडीहरुको हेडलाइट हेर्न नसकिने, घाममा वा कडा प्रकाश भएको ठाउँमा हेर्न नसकिने लक्षण हो ।

उपचार

यदि मोतियाबिन्दु शल्यक्रिया गर्न अवस्था आएको छैन भन्ने तपाईलाई चश्माको प्रयोग गर्ने सुझाव दिइन्छ्र । शल्यक्रिया गर्ने अवस्था भएको छ भने थप आँखाको जाँच गरिन्छ र कुन पावरको लेन्स लाग्छ, जाँच गरेर हेरिन्छ।

मोतियाबिन्दुको शल्यक्रिया एउटा सामान्य र सुरक्षित शल्यक्रिया हो । दुवै आँखाको मोतिबिन्दु छ भने एउटा आँखाको शल्यक्रिया भएको चार हप्ता पछि मात्र अर्को आँखाको शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा फेकोइमल्सीफिकिसेन (फेको) वा म्यानुअल समल इन सिसन (एमएसआईसिएस) मध्य एक गर्न सकिन्छ । फेको महँगो उपचार पद्धति हो । यो समान्यतया आठ हजार रुपैयाँबाट सुरु भई पचास हजार रुपैयाँसम्म पर्ने गर्छ । कुन आँखामा कस्तो लेन्स प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा भरपर्छ ।

फेकोमा महँगो मेसिनको प्रयोग हुने भएकोले नै यो शल्यक्रिया महँगो हुन गएको हो । साथै, जति राम्रो लेन्स हाल्यो, शल्यक्रिया पनि त्यति नै महँगो हुन्छ ।

नेपालको तु्लनामा विदेशमा फेको प्रविधि अझै महँगो हुन्छ । फेको शल्यक्रिया गर्दा आँखामा सानो घाउँ बनाइन्छ जसले गर्दा घाउ छिटै निको हुन्छ र काममा छिटो फर्किन सकिन्छ । फेको गर्दा सबै किसिमको मोतियाबिन्दुको शल्यक्रिया नहुन सक्छ तर म्यानुअल समल इन सिसन शल्यक्रियाबाट सबै किसिमको मोतियाबिन्दुको शल्यक्रिया हुन्छ ।

म्यानुअल समल इन सिसन शल्यक्रिया सस्तो हुनको कारण भनेको फेको मेसिन नचाहिने र सस्तो लेन्सको प्रयोग हुनु हो । सस्तो भएता पनि यो लेन्स राम्रै हुन्छ । तर घाउँ भने फेको भन्दा ठुलो हुन्छ र आँखा ५-७ दिन रातो हुन्छ । कसैकसैलाई दुख्न पनि सक्छ। यो शल्यक्रिया बार्‍ह सय रुपैयाबाट सुरु हुन्छ तर यसको शुल्क अस्पताल अनुसार फरक हुन्छ ।

रोकथाम
उमेरको कारणले धेरै हुन्छ, यसलाई हामीले रोक्न मिल्दैन । खासै यसको रोकथाम गर्न उपचारबाहेक अरु केही छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra