शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

दशै पर्वमा मासु सम्बन्धि केही महत्त्वपूर्ण टिप्सहरु पढौं

  • प्रकाशित मिति : सोमवार, अशोज २०, २०७६


दशै पर्वमा मासु सम्बन्धि केही महत्त्वपूर्ण टिप्सहरु पढौं

दशैमा विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ, तर सानो–सानो लापरबाहीले गर्दा दसैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ। सोही कारण दसैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ। तसर्थ केही टिपस्स पढौ:

कसरी सर्छ मासुबाट रोग ?
– काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा
– बत्ती नभएको बेलामा फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा
– मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासुमा लोभिएमा
– मासुको परिका तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा
– अस्वस्थ्य तथा बिरामी पशुपछीको मासु खाएमा
– मासु काट्ने अचानो सफा नभएमा
– पशुपछीको वधशाला सम्पूर्ण रुपमा फोहरयुक्त र असुरक्षित भएमा
– बध गर्नेवित्तिकै पकाएर खाएमा

स्वस्थ्य मासु कसरी छान्ने?
– मासु हलुका गुलाबी रङको हुन नहुने
– मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन।
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नुपर्छ

कुन मासु खाने, कुन नखाने?
–फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ
– बासी तथा खुला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन। किनभने काँचो मासु नै रोगको भण्डार हो। काँचो मासुबाट रोग सर्ने सम्भावना अत्यधिक रहन्छ
– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो। किनकी मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भन्डारण गर्ने तरिका 
– मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घन्टासम्म भण्डारण गर्न सकिन्छ। राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरु मात्र हुन्छन्।
– मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन। माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्ने हुँदा तल राखिएका अन्य खाना, पाकिसकेका परिकारहरु, सागसब्जी, साकाहारीका लागि तयार पारिएका÷छुट्याइएका परिकारहरु, फलफूल तथा तरकारीमा पर्नसक्ने खतरा हुन्छ।
– काँचो मासु र पाकेको मासु एकै स्थानमा नराख्ने।

दसैंमा ध्यान दिनुपर्ने कुराहरू
– घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
– विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– आफन्तहरूकहाँ टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने
– मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने
– दैनिक व्यायाम गर्ने
– आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा–मासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपायहरु अपनाएर भन्डारण गरे–नगरेको आफंैले निरीक्षण गरेर मात्र खाने
– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra