बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

विकास साझेदार निकायसंग स्वास्थ्य मन्त्रालय

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, असार २६, २०७८


विकास साझेदार निकायसंग स्वास्थ्य मन्त्रालय

२६ असार बुटवल ।लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास साझेदार निकायहरू संग शुक्रबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले विकास साझेदार निकायहरुका कार्यक्रमहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त कार्यक्रमहरूसंग समावेश गराउन चाहेको बताए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास साझेदार निकायहरूको कार्यक्षेत्र र कार्यक्रमहरूको नक्शाङ्कन गरि दोहोरोपनाको न्यूनीकरण गर्न चाहेको बताए । मन्त्री श्रेष्ठले सम्बद्घ निकायहरूको सहयोगमा हुने कार्यक्रमको उपलब्धिलाई संस्थागत गर्दै सहकार्यलाई कसरी सबल र सुदृढ बनाउन सकिन्छ भन्नबारे उक्त छलफल फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सरकारको आवश्यकता, सरकारको लक्षित क्षेत्र, दाता निकायबीच समन्वय र एकीकृत कार्ययोजना अनुसार कार्यक्रम सञ्चाल गर्ने सरकारका उदेश्य रहेको बताए । मन्त्रालयको तर्फबाट अहिले सम्म लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र स्थिति प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले स्वास्थ्य क्षेत्रमा जम्मा ४१.३ प्रतिशत जनशक्ति रहेको बताए । उनले लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये १० वटा जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गरेको बताउँदै छिटै बाँकी रहेका बर्दिया र पूर्वी रूकुमलाई पनि घोषणा गरि देशका प्रदेशहरू मध्ये गण्डकी पछिको दोस्रो पूर्ण खोप प्रदेश घोषणा गर्ने तयारीमा रहेको बताए । गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्रीको पहलमा विशेषगरी नि:शुल्क रक्तसञ्चार सम्बन्धि ‘नि:शुल्क रक्तसञ्चार सेवा प्रदान, स्वस्थ लुम्बिनीको पहिचान’ भन्ने नारा सहित धेरै नयाँ कार्यक्रमहरू आगामी वर्षको बजेटमा समेटिएको बताए ।

कार्यक्रममा संवोधन गर्दै मन्त्रालयका सचिव डा. विकास देवकोटा

विकास साझेदार निकायहरूको तर्फबाट बोल्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधि हरि प्रसाद भुसालले लुम्बिनी प्रदेशमा क्रियासिल विकास साझेदार निकायहरू र ती निकायहरूले कार्य गर्दै आएको कार्यक्षेत्र, गर्दै आएका गतिविधिहरू, गर्दै आएको भूगोल, गर्दै आएको लक्षित वर्ग लगायतको बारेमा प्रकाश पारे । उनले विकास साझेदार संस्थाहरूले विशेषगरी रोगको नियन्त्रण, स्वास्थ्य आपतकालमा प्राविधिक सहयोग, स्वास्थ्य सामाग्रीमा सहयोग, विश्व स्तरमा समन्वय, नीति तथा योजना निर्माणमा सहयोग, तथ्यांक व्यवस्थापनमा सहयोग, यौन तथा प्रजनन स्वास्थ्यमा सहयोग, परिवार नियोजन सर्वसुलभ गराउन सहयोग, स्वास्थ्य प्रणाली र स्वास्थ्य सुशासन कायम गर्नमा सहयोग, खोपको क्षेत्रमा सहयोग, पोषणको क्षेत्रमा सहयोग, स्वास्थ्य शिक्षा र स्वास्थ्य अधिकार सम्बन्धि सहयोग, स्वास्थ्य सामाग्री ढुवानीमा सहयोग, स्वास्थ्य सुचनामा सहयोग, जोखिम नियन्त्रणमा सहयोग, प्रयोगशाला सुदृढीकरणमा सहयोग, विभिन्न रोग विशेष सहयोग लगायत धेरै क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा संवोधन राख्दै WHO प्रतिनिधि हरि प्रसाद भुसाल

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख दिनेश चापागाईंले आफ्नो भनाइ राखेका थिए भने मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

हाल लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डब्लूएचओ, युएनएफपिए, युनिसेफ, युएनडिपी, युएसएआईडी, सेभ द चिल्ड्रेन, आइपास, रेडक्रस, वाटरएड लगायत २० भन्दा बढी विकास साझेदार निकायहरू क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra