शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भाइरल ज्वरो : लक्षण र बच्ने उपाय

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


भाइरल ज्वरो : लक्षण र बच्ने उपाय

भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो। विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ। रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन्।

लक्षणहरु
एक्कासी ज्वरो बढ्ने र रोकिने गर्छ
चिसो महशुस हुनु, हल्का खोकी लाग्नु
शरिर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु
वाकवाकी लाग्नु, कम्जोर महशुस हुनु
अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु।
आँखा रातो हुनु

यस्ता लक्षण देखिएपछि तत्कालै चिकित्सकको सल्लाह लिइ उपचार गर्नुपर्छ। भाइरल ज्वरोबाट पीडित व्यक्ति चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम गर्नुपर्छ।

जथाभावी एन्टिबायोटिक नखानुहोस
भाइरल ज्वरो आउँदा केही मानिसहरुले चिकित्सकको सल्लाहबिना ज्वरो घट्ने औषधी, शरिर दुख्यो भनेर पेन किलर र एन्टिबायोटिक लगायतका औषधी खाने गर्छन्। तर, यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ। भाइरल ज्वरो एन्टिबायोटिक औषधीले उपचार हुँदैन। वास्तवमा ब्याक्टेरियालाई मार्नको लागि एन्टिबायोटिक्सको बनाइएको हुन्छ। तर, यसले भाइरसलाई मार्न सक्दैनन्। तसर्थ, अनावश्यक रुपमा एन्टिबायोटिक खाँदा अम्लियपन, पेट दुख्ने र कतिपय अवस्थामा तपाईँको कलेजो र किड्नीलाई नै असर गर्छ।
परीक्षणपछि भाइरल ज्वरो भएको भनि तपार्इँलाई चिकित्सकले एन्टिबायोटिक सेवन गर्न सुझाब दिएका छन् भने तपार्इँ बिरामी हुँदा कुनै अन्य संक्रमण (सहायक संक्रमण)ले आक्रमण नगरुन् भनेर मात्र यस्तो सुझाब दिएका हुन् भन्ने बुझ्नुहोस्।

 

औषधिको डोज पूरा गर्नुहोस्
यदि तपाईँलाई औषधि खान सुझाब भएको छ भने पूरा डोज औषधि खानुहोस। अलि निको भयो वा औषधीले कमजोरी भयो भनि कहिल्यै पनि बिचमै औषधी नछोड्नुहोस्। यदि तपाईँले बिचमै औषधी खान छोडिदिनु भयो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ। यो तपाईँलाई मात्र होइन, अन्य मानिसलाई पनि संक्रमण हुने खतरा हुन्छ।

सामान्यतया यदि मानिस एकपटक एउटा भाइरसबाट संक्रमित भयो भने ऊ सोही भाइरसबाट फेरि संक्रमित हुँदैन। किनकी निश्चित भाइरसका लागि शरिरमा संक्रमणसँग जुध्ने शक्ति (इनफेक्सन फाइटर) हुन्छ। तपाईलाई फेरि एकपटक संक्रमण गर्नुअघि शरिरको प्रोटिनले भाइरसलाई सजिलै पराजित गर्छ।

तर, तपार्इँलाई बारम्बारको ज्वरोले सताएको छ भने तपार्इँलाई विभिन्न प्रकारको भाइरसले विभिन्न चरणमा संक्रमित गरिसकेको हुनुपर्छ।

ज्वरोलाई कहिल्यै पनि हेलचक्राई नगर्नुहोस्। कहिल्यै आफँै औषधी नखानुहोस्। चिसो अनुभव भई उच्च ज्वरो आएमा, ज्वरो अनियमित भएमा (आउने र छोड्न अनि आउने) भएमा तत्कालै चिकित्सकको सल्लाह लिनुहोस्। यदि चिकित्सक उपलब्ध नहुने ठाउँमा हुनुहुन्छ भने तपाई घरमै बसेर पनि यसको सामान्य उपचार गर्न सक्नुहुन्छ।

हरियो तुलसीको पात चपाउँदा वा तुलसी पत्ताको धुलोलाई तातो पानीमा मिलाएर खाँदा भाइरल ज्वरो कम हुन्छ। त्यस्तै, एक चिम्टिी सुख्खा अदुवालाई मन तातो पानीमा मिसाए एक पटक आधा गिलास गरी खाँदा पनि ज्वारो घट्छ।

रोगबाट बच्ने उपाय
भाइरलले आक्रमण गरेपछि पनि धैर्य गर्नुहोस्
व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुहोस्
साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुनुहोस्
भीडभाडमा नजानुहोस्
हात नधोइ आफ्नो मुख र हात नछुनुहोस्
यदि तपाईले चिसो महशुस गर्नुभएको छ , खोकी लागिराखेको छ भने भिडमा कहिल्यै नजानुहोस्। खोक्दा, हाच्छ्यु गर्दा वा हाई काढ्दा सधै रुमालले मुख छोप्नुहोस्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra