हाड वा त्यसको समग्र रुप अस्थिपञ्जरबाट नै कुनै पनि प्राणी चलायमान हुनसक्छन । हाडले हरेक प्राणीको शरीरलाई एउटा आकार दिन्छ । हाडलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ ।
घुँडामा पनि त्यस्तै किसिमको हड्डी हुन्छ । घुँडालाई दायाँबायाँ जान नदिन हड्डीलाई लिगामेन्टले बाँधेर राखेको हुन्छ। घुँडाको दाँयाबाँया र घुँडाको भित्रपट्टि दुई/दुई वटा गरी चार वटा लिगामेन्ट हुन्छन् ।
हाडजोर्नीको समस्याको लागि फिजियोथरापी निकै नै प्रभावकारी र यो कुनै पनि सायड इफेक्ट रहीत पद्धती हो । त्यसले गर्दा यस पद्धतीले आजको दिनमा विश्वभर निकै प्रख्याती पाएको छ तर नेपाल यसको प्रभाव जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । हाड जोर्नीको दुखाइ सम्बन्धि फिजियोथरापी अत्यन्तै प्रभावकारी विधि हो । यस पद्धतीबाट घुँडाको उपचारलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।
१) एक्सरसाइज थेरापी
२) म्यानुअल थेरापी
३) इलेक्ट्रो थेरापी
–एक्सरसाइज थेरापी
एक्सरसाइजज (कसरत)हरु पुर्णतया वैज्ञानीक पद्धतीले बनाइएको हुन्छ । जसले गर्दा समस्या अनुसारकै कसरत गर्नु पर्ने हुन्छ र यसको अभ्यास गर्नाले दुइ वटा फाइदा हुन्छ ।
१) समस्या नहुने ब्यक्तिले गर्दा समस्या निम्तिन दिँदैन ।
२) समस्या भएको ब्यक्तिले गर्दा समस्याको सामाधान हुन्छ ।
–म्यानुअल थेरापी
यस पद्धतीबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्दछ ।
–इलेक्ट्रो थेरापी
यसमा विभिन्न बैज्ञानिक उपकरणहरुको प्रयोग हुन्छ । जस्तै
टेन्स थेरापी
अल्ट्रासाउण्ड थेरापी
मोवाइस्ट हिट
लेजर थेरापी आदि
यसका फाइदाहरु
दुखाइ कम गर्ने
खुम्चिएका नशा, माशपेशी, लिगामेनट आदिलाई सोझो पार्ने ।
टिसु रिपेर गर्ने । आदि
(लेखक डाक्टर सुबाँस खत्री देवदह मेडिकल कलेजमा कार्यरत फिजियोथेरापिष्ट हुनुहुन्छ )