बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

औषधि – टयाब्लेट (चक्की )सम्बन्धि केही जानकारी

  • टीका पाण्डेय
  • प्रकाशित मिति : सोमवार, पुस २८, २०७६


औषधि – टयाब्लेट (चक्की )सम्बन्धि केही जानकारी

संसारमा सबै भन्दा धेरै प्रयोग गरिने तथा सजिलोको रुपमा प्रयोग हुने औषधिको टयाब्लेट (चक्की,गोलि) हो । जुन चाहेको बेला सजिलोसँग प्रयोग गर्न सकिन्छ । ट्याब्लेट कुनै साना, कुनै ठुला,कुनै सेता, कुनै रङ्गिन, कुनै गोला आकारका त कुनै लाम्चा धेरै थरीका हुन्छन् । यसमा विभिन्न किसिमका विशेषताहरु रहेका हुन्छन, सोही अनुरूप प्रयोग गर्ने तरिका पनि फरक फरक हुन्छन । कुनै टुक्राएर खान मिल्ने कुनै नमिल्ने कुनै चुसेर खाने ,कुनै चपाएर खान पर्ने खालका पनि हुन्छन ।‍ मानिसहरुमा ट्याब्लेट भन्ने बित्तिकै खाने औषधि भनेर बुझ्ने चलन छ । धेरै जसो ट्याब्लेटहरु खाने भए पनि खाने तरिका भने फरक फरक हुने गर्दछ। धेरै जसो ट्याब्लेट पानी सँगै निलिन्छ भने ग्यासट्राईटिस (ग्यास्ट्रिक- पेटमा अप्ठ्यारो हुदा सामान्य भाषामा एसिडिटी बढदा ) हुँदा खाने Digene; चक्की चपाएर खानु पर्दछ। त्यस्तै गरी मुटु रोग एनजाइना (मुटुमा हुने दुखाइ)मा प्रयोग गरिने Nitroglycerin चक्की जिब्रो मुनि राख्ने किसिमको हो । पेटमा जुका को लागि प्रयोग गरिने Albendazole चुसेर खाने औषधी हो । त्यसैगरि महिलाहरूको योनिमा देखिने एक प्रकारको फंगल सङ्क्रमणमा प्रयोग गरिने Clotrimazole भजाईनल ट्याब्लेटको प्रयोग भनेको योनिमा राखेर गर्ने हो ।

आजभोली बजारमा पनि अनेकौँ खालका ट्याब्लेट (गोलि) पाइन्छ्न । तर आफुले ती औषधिहरु किन्दा तिनिहरुको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा फार्मासिष्टसँग जानकारी लिने बानी बसाल्नु पर्दछ । हामीले टयाब्लेट खाँदा निलेर खाने को हकमा प्रसस्त मात्रामा पानीको प्रयोग गर्नु राम्रो हुन्छ ।

यहाँ मुख्यत कुन कुन टयाब्लेट टुक्राएर खान मिल्छ ,कुन कुन मिल्दैन भन्ने बारेमा सानो जानकारी गराउने जमर्को गरेको छु जुन सबैको लागि फाइदाजनक हुनेछ। कतिपय अबस्थामा डाक्टरले बिरामी को लागि लेखेको डोज /परिमाण बनाउनु पर्ने हुन्छ । यसमा सर्वप्रथम टयाब्लेट गोलिको बनावट कसरी बनेको छ ? कुन कुराले यसलाई असर गर्दछ त्यो बारेमा जानकार हुनु आवस्यक हुन्छ । अनुसार को झोल औषधि प्रयोग गर्दा डाक्टरले बिरामीको आवश्यकता अनुसार परिमाण थप घट गरेर बिरामीका लागि परिमाण तयार गरिन्छ जुन सजिलो हुन्छ। सामान्यतया Paracetamol ट्याब्लेट कल्पना दिमागमा आउँछ । स्मरण गरौँ त त्यो ट्याब्लेट कस्तो हुन्छ।; सेतो गोलो आकारको त्यो चक्की बिचमा चिरिएको हुन्छ। उक्त चिरालाई फार्मास्युटिकल विज्ञानको भाषामा भन्दा स्कोरिंग scoring भनिन्छ। त्यो स्कोरिंगको महत्त्व भनेको आफूलाई चाहिँदा औषधिलाई दुई टुक्रा पार्न सकियोस भन्ने नै हो। सामान्यतया स्कोरिंग गरिएका ट्याब्लेट दुई टुक्रा पारी खान मिल्दछ। तर दुई भन्दा बढी टुक्रा पारेर कुनै पनि औषधिको सेवन नगर्नु नै राम्रो हो । यदि धेरै टुक्रा परिन्छ भने सो औषधिको मात्रा गडबड हुन जान्छ। यस्ता ट्याब्लेटहरू टुक्राएर खान मिल्दैन किन ?
१. झट्ट हेर्दा नै असममित देखिने ट्याब्लेट – माइलोड (ठिक आधा हुँदैन)
२. इन्टेरिक् कोटेड ट्याब्लेट – PANTOPRAZOLE (काम नलाग्ने हुन्छ)
३. सुगर कोटेड ट्याब्लेट – IBUPROFEN (खान नसक्ने स्वाद हुन्छ)
४. धेरै समय सम्म काम गर्ने ;सस्टेण्ड रिलिज ट्याब्लेट- VOVERAN-SR (धेरै समय सम्म काम गर्न छोड्छ)
५. औषधिको परिमाण एकदमै कम हुँदा पनि टुक्रा पारेर खाँदा समस्या हुन सक्दछ – DIGOXIN-१२५ microgram (यस्ता औषधि उच्च जोखिम युक्त औषधिमा पर्ने हुनाले पनि त्यसरी प्रयोग गर्नु हुँदैन)

नेपाल जस्तो देश जहाँ धेरै ठाउँमा अझै औषधिको आभाब देखिन्छ, यस्तो देशमा आफूसँग भएको औषधि टुक्राएर खानै हुन्न भन्ने सन्देश जानु ठिक होइन । हो मिले सम्म सही परिमाणको औषधि (ट्याब्लेट) सेवन गर्नु राम्रो हो तर त्यस्तो औषधि नपाएमा टुक्र्याउन मिल्ने ट्याब्लेट टुक्राएर खान अवश्य मिल्छ । साथै तपाईँहरु पनि आफूले सेवन गर्ने औषधी टुक्राउन मिल्छ वा मिल्दैन कसरी प्रयोग गर्ने खाने ,निल्ने ,चुसेर प्रयोग गर्ने,राख्ने भन्ने बारेमा औषधि किन्दा नै सोधेर लैजानेबानी बसाल्नु होला ।

(लेखक देबदह मेडिकल कलेजका फार्मेसी इन्चार्ज हुन्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra