बुटवल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।
यस अघि आज नै कैलालीकि ५५ वर्षिय महिला र हिजो पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा नेपालमा पछिल्लो २४ घण्टा भित्र ५ जना संक्रमित भेटिएका छन ।