काठमाण्डौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गरिएको छ । महाधिवेशनबाट अध्यक्ष पदमा डा. सन्तोष पौडेल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा रामहरि ढकाल र अमृता बराल चयन भएका छन् भने महासचिवको जिम्मेवारी भिमराज सिंहले सम्हालेका छन् ।
त्यस्तै, उपमहासचिवमा खगराज पोख्रेल निर्वाचित भएका छन् । सचिव पदमा चन्द्र सुनार, अनुप केसी, रुपा केसी र हरेन्द्र यादव चयनभएकोमा अनुशासन आयोगको अध्यक्षमा चिन्तामणि ज्ञवाली चयन भएका छन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित स्वास्थ्यकर्मीहरू छन्:
डा. प्रशान्त आचार्य
डा. रमेश भट्टराई
रुपलाल पन्थी
बिमल केसी
कमल पाण्डे
सुन्दर त्रमामु
अर्जुन सुनार
राजकुमार पौडेल
गीता भुसाल
टीकाराम अधिकारी
देवका भुसाल
गोमा सुवेदी
ईश्वरा पाण्डे
निर्वाचित सम्पूर्णमा स्वास्थ पत्रको तर्फबाट हार्दिक बधाई ।