सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ,पीसीआरका लागि भैरहवा पठाईयो

  • सलिम अन्सारी
  • प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७


प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ,पीसीआरका लागि भैरहवा पठाईयो

प्यूठान : आरडीटी परीक्षण गर्दा प्यूठानमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । २१ र ४३ वर्षका ती पुरुषहरुलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु गत बैशाख १३ गते काठमाण्डौ र म्याग्दीबाट घर फर्केका थिए।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको जानकारी दिए। शनीबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनिहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भएको समेत सुबेदिले बताए।
थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज पन्ध्रौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो। उनिहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ । उनिहरु प्युठान नगरपालिका वडा नंवर १ र २ का बासिन्दा भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra