कपिलवस्तु : जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितहरुमध्ये कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् । त्यसै गरि महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष छन ।
योसंगै कपिलवस्तु जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।