शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

क्यान्सरपीडित जुमादेवीलाई सहयोग गर्न अपिल

  • प्रकाशित मिति : सोमवार, साउन ४, २०७८


क्यान्सरपीडित जुमादेवीलाई सहयोग गर्न अपिल

४  साउन बुटवल । सानो पहाडको घर, चार सन्तानको ठुलो जिम्मेवारी , किसानी पेसाले सन्तानको पढाइ लेखाइ धानबहादुर नेपाली यसरी नै संघर्षको बाटोमा आफ्ना अनेक पीडा लुकाएरै घर चलाइरहेका थिए। पीडाको बज्रपातले नेपालीको हिम्मतलाई निकै ठुलो परीक्षा त त्यतिबेला लिम्यो जब श्रीमती जुमादेवी नेपाली दुई वर्ष अगाडि स्तन क्यान्सर र अहिले पुनः क्यान्सरले सिकिस्त बनिन् । एकपछि अर्को दुःखले परिवारलाई निकै अप्ठ्यारो परेको छ ।

ईश्मा गाउँपालिका २ गुल्मीकी ५० वर्षिया जुमादेवी नेपाली रोगले थला पर्दा श्रीमान् उपचारका निम्ति जहाँतहीं भौतारिएका छन् । लाखौं खर्च पनि भयो तर अझै रोग निको हुन सकेको छैन । भारतको एसियन हस्पिटलमा उपचाररत आमाको उपचारका निम्ति छोरी भावना नेपाली भन्छिन् निकै गाह्रो भएको छ । घरको अवस्था झन् झन् बिग्रँदो छ। मेरी आमालाई आफ्नै आमा सम्झिएर बचाइदिनुस् न ।

भारु ९-१० लाखसम्म लाग्ने बताइएको उपचार खर्च जुटाउन नसक्दा जुमादेवीको जीवन नै यतिबेला सङ्कटमा छ । श्रीमान् धान बहादुर नेपाली लामो सुस्केरा हाल्दै भन्छन्, “किसानी पेसाले घर त चलाएकै थिएँ, यस्तो पर्ला भन्ने कहिल्यै सोचिएन! कसरी बचाउने श्रीमतीलाई ? दुःखीलाई सधैं दुःख मात्र पर्दो रहेछ!”

आर्थिक अवस्थाले निकै पिरोलेको परिवारलाई परेको दुःखमा सहयोग गर्न चाहनुहुन्छ भने सानीमा बैंकको अस्मिता नेपालीको नाममा रहेको बैंक खाता नम्बर ०२२०११०९०००१११६ तथा ईसेवा आईडी ९८६७१५१४२१ मा सकेको सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । सक्दो सहयोग गरेर जुमादेवीलाई बचाउन सबैलाई स्वास्थ्य पत्र को अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra