२७ साउन, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले जाँदा जाँदै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई मेडिकल सुपरिटेन्डेन्ट पदबाट हटाएको छ । आज बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाउने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले बताए ।