२६ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए।