शनिबार, साउन ९, २०८३ Saturday 25th of July 2026

आधुनिक समाज डेण्टल र आदिवासी जनजाति पत्रकार महासंघ बिच सम्झौता

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, पुस २७, २०७८


आधुनिक समाज डेण्टल र आदिवासी जनजाति पत्रकार महासंघ बिच सम्झौता

२६ पुस,बुटवल । आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवल र आदिवासी जनजाति पत्रकार महासंघ लुम्विनी प्रदेशबिच दात मुख तथा गिजा रोगको उपचार सम्बन्धमा सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ । उक्त सम्झौतामा आदिवासी जनजाति पत्रकार महासङ्घका तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा र आधुनिक समाज डेण्टल केयर प्रा लिको तर्फबाट अध्यक्ष अमृत भुषालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आदीवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि एवं सो संग आवद्ध लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि एवं निजका परिवारका सदस्यहरुलाई दाँत, मुख तथा गिजा सम्बन्धमा आधारभूत उपचार गर्नु परेमा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुईपक्षबीच सम्झौता भएको छ । कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासघ संघीय लेखा संयोजक सुन्दर तरामु र मुख शल्यक्रिया सर्जन एसोसिएट प्रोफेसर डा रबिश मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra