मङ्लबार, बैशाख १८, २०८१ Tuesday 30th of April 2024

तिलोत्तमा ४ नम्बरमा खुल्यो विशेषज्ञ सेवा सहितको रा.जी. क्लिनिक

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७८


तिलोत्तमा ४ नम्बरमा खुल्यो विशेषज्ञ सेवा सहितको रा.जी. क्लिनिक

२४ चैत, बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ८, चार नम्बरमा विशेषज्ञ सेवा सहितको नयाँ रा. जी.क्लिनिक खुलेको छ । सो क्लिनिकको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठले बुधबार उद्घाटन गरे । विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित रा.जी. क्लिनिकले चैत २३ गतेदेखि नै आफ्ना सेवा दिन सुरु गरेको छ । समुद्घाटन कार्यक्रममा दुई सय ३ जना बिरामीले विशेषज्ञ डाक्टरबाट नि: शुल्क स्वास्थ्य परिक्षण गरेका छन । रा.जी. क्लिनिकले हरेक दिन विशेषज्ञ ओपिडी सेवा, ईसिजी सेवा, फार्मेसी, अत्याधुनिक ल्याब, भिडियो एक्स-रे सेवा, माइनर सर्जरी, दन्त चिकित्सकबाट दाँतको उपचार हुने व्यवस्थापक ई. राजिव श्रेष्ठले बताए । उनी हाल नेपा केयर फार्मास्युटिकल्स कम्पनीका सि.ई.ओ समेत हुन् । उनले जर्मनीबाट आफ्नाे उच्च शिक्षा हासिल गरि अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठाेटका साथ नेपाल फर्केका थिए ।

साथै संस्थाका अध्यक्ष डा. राजेश श्रेष्ठले क्लिनिकले मेडिकल अधिकृत डाक्टरद्वारा चौबीसै घण्टा इमर्जेन्सी सेवा प्रदान गर्ने कुरा बताए । विगतमा उनी लुम्बिनी मेडिकल कलेज पर्भासका कार्यरत थिए र हाल देवदह मेडिकल कलेजमा एसिस्टेन्ट प्राेफेसरका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra