बुटवल । नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट किरण ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा बुटवलमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी, रामचन्द्र कोईराला चयन भएका छन् ।
महाधिवेशनले ३ बर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।