शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

अर्घाखाँची भगवती-रुपन्देही सम्पर्क समाजको आयोजना बृहत स्वास्थ्य शिविर

  • ✍️ नमराज पाण्डे
  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०८०


अर्घाखाँची भगवती-रुपन्देही सम्पर्क समाजको आयोजना बृहत स्वास्थ्य शिविर

अर्घाखाँची । अर्घाखाँची भगवती-रुपन्देही सम्पर्क समाजको आयोजनामा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न.७ भगवतीमा विशेषज्ञ सेवासहितको नि:शुल्क स्वास्थ्य परीक्षण तथा नि:शुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। बुटवलको तिनाउ ईन्टरनेसनल हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकहरू तथा स्वास्थ्यकर्मीद्वारा भगवती र आसपास क्षेत्रका ६०९ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो ।

शनिबार सम्पन्न शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसुती, हाड जोर्नी तथा नशा, युरो सर्जन, बाल रोग लगायतका विशेषज्ञ चिकित्सकद्वारा परामर्श दिइएको शिविरमा भिडियो एक्स-रे, ईसिजी, सुगर परीक्षण र निःशुल्क औषधी वितरणमा विभिन्न स्वास्थ्य सस्थाहरुको सहयोग रहेको थियो।

सम्पर्क समाजका अध्यक्ष तारा प्रसाद पाण्डेको अध्यक्षता, छत्रदेव गाउँपालिका प्रमुख चन्द्रमान श्रेष्ठको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उप-प्रमुख मनीषा पन्थी, वडा ७ वडाध्यक्ष नारायण प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो। शेषकान्त बेल्बासे संयोजक रहेको उक्त कार्यक्रम समाजका उपाध्यक्ष देवीराम पाण्डेले सञ्चालन गरेका थिए भने समाजका स्वास्थ्य समिति संयोजक महेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रम प्रभावकारी बनाउन रुपन्देहीमा बस्ने भगवतीका दर्जनौँ स्वयंसेवक युवाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra