बुटवल । असोज २३ । मानसिक स्वास्थ्य सबैकाे नैसर्गिक अधिकार हाे भन्ने नाराका साथ मंगलवार विश्व स्वास्थ्य दिवस नेपालमा पनि भव्यरुपमा मनाईएकाे छ । साेही प्रसङ्गमा रुपन्देहीको मणिग्राममा रहेकाे क्रिमसन अस्पतालले अस्पताल प्राङ्गणदेखि मणिग्राम चाेकसम्म प्रभातफेरिका साथ काेणसभा गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाएकाे छ ।
उक्त काेणसभामा मानसिक राेग विशेषज्ञ डाक्टर सन्दिप वर्माले विश्वमा यतिबेला मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाेले यस सम्बन्धि सर्वसाधारण सबैलाई याे स्वास्थ्यका बारेमा जानकारी गराउन जरुरी रहेकाे बताए ।
उनले काेराेनापछि नेपालमा सामाजिक ,आर्थिक समस्याका कारण मानसिक स्वास्थ्यकाे अवस्था जटिल बन्दै गएकाे उल्लेख गरेका थिए ।
साेही काेणसभामा अस्पतालका व्यवस्थापक चन्द्रकान्त बस्यालले मानसिक स्वास्थ्य लगायतका सबै खाले स्वास्थ्यमा सुधार गर्न क्रिमसन अस्पताल निरन्तर गतिशील रहेकाे बताए ।
विश्व मानसिक स्वास्थ्यकाे अवसरमा मंगलवार ओपीडी टिकट निःशुल्क र अन्य परीक्षणमा ५० प्रतिशत् छुट दिएकाे अस्पतालकी नर्स सबिना लामाले बताईन् ।