शुक्रबार, अशोज २४, २०८२ Friday 10th of October 2025

सुसाइड नोट लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन, प्रहरी र आफन्तहरू खोजीमा

  • प्रकाशित मिति : सोमवार, असार २, २०८२


सुसाइड नोट लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन, प्रहरी र आफन्तहरू खोजीमा

काठमाडौं, असार २ । स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत डा. केशव श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या सन्देश पोस्ट गरेपछि सम्पर्कविहीन भएका छन्।

फेसबुकमा ‘सबैजनालाई अलविदा’ भन्दै उनले लामो सुसाइड नोट सार्वजनिक गरेका थिए। त्यस लगत्तै उनीसँग सम्पर्क हुन नसकेको उनका आफन्तहरूले जनाएका छन्। हाल उनको मोबाइल फोन ‘स्विच अफ’ रहेको छ। निकटस्थहरूका अनुसार, उनको अन्तिम लोकेसन काठमाडौंको साततले (कपन क्षेत्र) मा देखिएको छ। हाल उनी कहाँ छन् भन्ने यकिन नभएकोले प्रहरी र आफन्तहरूले खोजी कार्य जारी राखेका छन्।

डा. श्रेष्ठले हालै रामेछाप जिल्ला अस्पतालबाट हेटौंडा अस्पतालमा सरुवा भएका थिए। उनी दुई वर्षभन्दा बढी समय रामेछापमा कार्यरत थिए र अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा काम गरेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सुसाइड नोटमा उनले आफूविरुद्ध झुटा आरोप लगाइएको, मानसिक दबाब दिइएको, राजनीतिक पहुँच भएका व्यक्तिहरूबाट धम्की पाइरहेको, राति ९ बजे रामेछापबाट परिवारसहित काठमाडौं आउन बाध्य पारिएको लगायतका गुनासो गरेका छन्।

सुसाइड नोटमा उनले केही व्यक्तिको नाम समेत खुलाएका छन्, जसमा स्वास्थ्य मन्त्री, सचिव, स्थानीय नेताहरू र अन्य चिकित्सकहरू रहेका छन्। डा. श्रेष्ठले आफूलाई आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई कानुनी कारबाही हुनुपर्ने समेत माग गरेका छन्।

उनको भनाइअनुसार, उनले अस्पतालमा काम गर्ने क्रममा अनुशासन कायम राख्न खोज्दा केही कर्मचारीहरूले प्रतिशोधपूर्वक झुटा आरोप लगाएका थिए। उनले स्पष्टीकरण सोधिएका चिकित्सक तथा कर्मचारीहरूबाट लिखित आरोप लगाएर आफूलाई सरुवा गरिएको बताएका छन्।

डा. श्रेष्ठ हालसम्म सम्पर्कमा आइसकेका छैनन्। प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रहरीका अनुसार, डा. श्रेष्ठको खोजीका लागि विशेष टोली खटाइएको छ। स्वास्थ्य मन्त्रालयले घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

डा. श्रेष्ठले केही वर्षअघि मात्र विवाह गरेका थिए। उनको दुई वर्षीया छोरी र श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra