शुक्रबार, अशोज २४, २०८२ Friday 10th of October 2025

इच्छाशक्ति र उत्तरदायित्वले नै स्वास्थ्य सेवा प्रभावकारी हुन्छ : गौरव ढकाल

  • प्रकाशित मिति : सोमवार, असार ९, २०८२


इच्छाशक्ति र उत्तरदायित्वले नै स्वास्थ्य सेवा प्रभावकारी हुन्छ : गौरव ढकाल

कपिलवस्तु, असार ९। स्वास्थ्यकर्मीहरूलाई नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य समस्या पहिचान र प्राथमिक उपचारबारे व्यवहारिक जानकारी दिन उद्देश्यले स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले सेवा प्रवाहमा स्वास्थ्यकर्मीको इच्छाशक्ति, प्रतिबद्धता र सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई प्रमुख आधार मान्नुपर्नेमा जोड दिए । ढकालले भने, “गुणस्तरीय सेवा दिन सक्ने क्षमताको विकास गर्न हामी आफैँ अग्रसर हुनुपर्छ । नागरिकमा अस्पताल जानुपर्ने स्वास्थ्य चेतना बढाउन र दुर्गम क्षेत्रमा समेत सेवा पुर्‍याउन सक्ने मनोबल आवश्यक छ।”

प्रशिक्षणमा डा. तेजेन्द्र चौधरी, डा. अभिषेक श्रीवास्तव र ऋषिराम गैरेले सहजकर्ताको रूपमा सहजीकरण गर्दै मुख स्वास्थ्यका सामान्य रोग, जोखिम संकेत, प्राथमिक उपचारका विधि र सेवा प्रवाहमा ध्यान दिनुपर्ने व्यवहारिक पक्षहरूबारे जानकारी दिएको समग्रमा कार्यक्रम प्रभावकारी भएको बताउँदै सहभागीको तर्फबाट आफ्नो भनाइ राखेका विष्णु बहादुर क्षेत्रीले कार्यक्रममा प्राप्त ज्ञान र सीपले कार्यक्षेत्रमा थप प्रभावकारी सेवा दिन सहयोग पुग्ने बताए । उनले सिकेका कुरालाई व्यवहारमा उतार्ने समेत प्रतिबद्धता जनाए ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट सहभागी २६ जना स्वास्थ्यकर्मीले तौलिहवामा सम्पन्न प्रशिक्षणमा सहभागिता जनाएका थिए । कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई सेवा प्रदान गर्ने क्रममा देखिने मुख–नाक–घाँटीसम्बन्धी समस्याको सुरुवाती चरणमै पहिचान गरी तत्कालीन प्राथमिक उपचार दिन सक्षम बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra