काठमाडौं- शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ ।
जसअनुसार पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिइएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको नेकपाले विभागको उपप्रमुखको जिम्मा अञ्जना विसंखेलाई दिएको छ।
पाण्डे प्रदेश ३ को सांसद हुन् ।