शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना र ५ नं. प्रदेश सरकारको सर्तकता तयारी

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २२, २०७६


कोरोना र ५ नं. प्रदेश सरकारको सर्तकता तयारी

बुटवल : ५ नं. प्रदेश सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि पूर्व तयारी शुरु गरेको बताएको छ । प्रदेशमा रहेका स्वास्थ्यका कार्यालयहरुसँग पूर्व तयारीका लागि बैठक सँगै कामलाई तीब्रता दिएको ५ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयको भनाई छ । सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सबै निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले प्रदेश सरकारले तीन वटै तहको सरकारको समन्वयमा कोरोना बिरुद्दको काममा अघि बढ्नेगरी छलफल र कामलाईसँगै अघि बढाएको बताए । उनले प्रदेश सरकारले अस्पतालहरुमा आइसोलेसन कक्षको व्यवस्थापनका लागि प्राथमिकता दिइ काम गरिरहेको बताए । सीमा क्षेत्रमा भने स्थानीय सरकारले हेल्प डेक्समार्फत चेक जाँचलाई तीब्र पारेको बताए । उनले कोरोनाको चेक जाँचका लागि थर्मो स्केल र स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) को व्यवस्थापनको तयारी गरेको जानकारी दिए । स्वास्थ्य निर्देशनालयमा अहिले २ वटा प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) रहेको उनले बताए ।

कोही कतै शंकास्पद बिरामी भेटिए सार्वजनिक यातायात वा अन्य गाडी नभई केहि सम्पर्क स्थानसहित बिशेष एम्बुलेन्स तयारी अवस्थामा राख्नेगरी कामको तयारी अघि बढाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार आइसोलेसन सहित उपचारको प्रबन्ध सहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र ४ वटा मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेको छ । स्वास्थ्य निर्देशनालयकी फोकल पर्सन डा. सबु काफ्लेका अनुसार मंगलबारसम्म प्रदेशका ८ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिसकेका छन् । ति अस्पतालले पत्रमार्फत फोकल पर्सनको नामावली सहित आइसोलेसन कक्षको व्यवस्था गरेको जानकारी पठाएको डा. काफ्लेले जानकारी दिईन् । विवरण पठाउनेमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, देवदहको देवदह मेडिकल कलेज,घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान , कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज, छन् । त्यसैगरी पाल्पाको यूनाइटेड मिसन अस्पताल, भैरहवाको यूनिभर्सल मेडिकल कलेज, पाल्पाको लुम्बिनी मेडिकल कलेज, र भेरी अस्पतालले पनि निर्देशनालयमा विवरण पठाएका छन् ।

निर्देशनालयका ल्याब टेक्निसियन गोपाल गौतमले थर्मो स्केल किन्नका लागि निर्देशन आएको तर थर्मो स्केल कस्ले किन्ने र कसरी किन्ने ? भन्ने बिषयमा भने टुङ्गो लाइसकेको छैन् । उनले थपे स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट आएको ५ वटा स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा राखिएको छ । यससँगै ५ नं. प्रदेशमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइको संख्या ७ पुगेको छ ।
५ नं. प्रदेश सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नका लागि आग्रह गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गर्ने गरी काम अघि बढेको बताए । एम्बुलेन्स चालकलाई प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) पोशाक लगाएको हुने, त्यसका लागि सम्पर्क नम्बर सार्वजनिक गर्न लागिएको मन्त्री बरालले जानकारी दिए । उनका अनुसार प्रदेश ५ मा संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, डब्लुएचओ, यूनिसेफको संयुक्त टोली परिचालन भइसकेको छ । उलने टोलीले बेलहिया, कृष्णनगर र रुपेडिहिया सीमा नाकाको आवागमनका साथै केही अस्पतालहरुको स्थलगत अध्ययन गरिरहेको बताए ।

स्मरण रहोस डव्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra