आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

‘चिन साथमा छ, नेपाल एक्लो हुने छैन’

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६


‘चिन साथमा छ, नेपाल एक्लो हुने छैन’

काठमाडौं : कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

https://twitter.com/PRCAmbNepal/status/1242113033687592961?s=19

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । त्यहाँ हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण उन्मुख छ । कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।

यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।

कोरोना भाइरसबाट आक्रान्त भएको बेला नेपाल सरकारले चीनलाई एक लाख थान मेडिकल मास्क सहयोग गरेको थियो भने नागरिकस्तरबाट ‘नेपाल चीनको साथमा छ’ भनेर हौसला बढाउने खालका कार्यक्रमहरु आयोजना गरिएका थिए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra