बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका ६ सन्देश
१) वडा समिति र टोल विकास संस्थाहरुले अति विपन्न तथा दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका परिवारहरुको लगत संकलन गर्ने काम गरिरहेको र त्यसमा कोही छुट्नु भएको भए सम्बन्धीत टोल विकास संस्थाका अध्यक्ष मार्फत वडा समितिको अध्यक्षज्यू समक्ष विवरण पठाउनुहुन अनुरोध ।
२) बुटवल कोरोना अस्पताल र क्वारेन्टाइनका सम्बन्धमा विशेष जानकारी ।
३) खाद्यान्न संकट र भोकमरी आउन नदिनका लागि गरिएका पूर्व तयारीका विषयमा जानकारी ।
४) विभिन्न वडाहरुमा तरकारी उपलब्ध हुने स्थानहरुका विषयमा जानकारी ।
५) लकडाउनको पूर्ण पालना गर्नका लागि विशेष अपिल ।
६) संकटको समयमा बुटवलवासीको रक्षाका लागि सम्पर्ण सार्मथ्यका साथ लाग्ने प्रतिबद्धता ।