शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन : डा. रवीन्द्र

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६


कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन : डा. रवीन्द्र

चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ % लाई साधारण लक्षण देखिएर आफै निको भए । लगभग १३.८ % लाई गम्भीर लक्षण देखिएका थिए । उनीहरुलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो । ४.७ % क्रिटिकल अवस्थामा थिए जसको मल्टिपल अर्गान फेलियर, स्वाश्प्रश्वास फेलियर तथा सेप्टिक सक भएको थियो । २.३ % को मृत्यु भएको थियो । मृतक अधिकांश ७० बर्षमाथिका तर गम्भीर / दीर्घकालीन रोग भएका थिए ।

सतर्क रहनुपर्ने व्यक्तिहरु :

. ६५ बर्षमाथिका व्यक्तिहरु ।
. ती बिरामी जो लामो समयसम्म अस्पताल बसिरहेका छन् ।
• ती व्यक्ति जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ ।
• ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी ।
• जो अत्यधिक मोटा छन् र उनीहरुलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ ।
• गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन् ।

तसर्थ अनाबश्यक डर मान्नु जरुरी छैन | पूर्णरुपमा घरभित्र बस्यो भने कोरोना भाइरस सर्दैन | लक डाउनको पूर्ण पालना गरौँ ।

कोरोना भाइरस कसरी सर्दछ ?

. कोरोना भाइरस मुख्यतया संक्रमितले खोक्दा, छ्युं गर्दा, बोल्दा मुखबाट निस्किने छिटा, कण आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्दछ । ती छिटा तथा कण भुइंमा, भित्तामा, सिटमा, टेबलमा, कपडामा पनि जाने भएकोले त्यहाँ छुँदा पनि सर्दछ । अर्थात हातबाट मुख, नाक हुँदै सर्दछ । यो भाइरस आँखाबाट पनि सर्दछ ।
. हावा ओहोरदोहोर नगर्ने कोठामा यो भाइरस केहि घण्टा रहन सक्छ । यसरी पनि यो रोग सर्न सक्छ ।
. दिशाबाट पनि यो रोग सर्न सक्ने अनुसन्धानले देखाएको छ ।
. आँशु, र्याल, सिंगान, खकार, विर्य, योनिश्राब लगायत अन्य ‘ बोडी फ्लुइड ‘ बाट पनि यो रोग सर्न सक्ने अनुसन्धानदाताले बताएका छन् ।
. छालाको छिद्र, रोमकुप आदिबाट सर्ने / नसर्ने बारे अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra