बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

पिंजडा र क्वारेन्टाइन

  • कृष्ण घिमिरे गाउँले
  • प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६


पिंजडा र क्वारेन्टाइन

कोरोना भाइरस कोभिड – १९ ले विश्वलाई नै त्राहि त्राहि बनाई रहेको बेला कोरोनाको उद्गम देश चिनको छिमेकी नेपाल हुँदापनि विश्वमा संक्रमण फैलिएको लामो समय सम्म पनि नेपालमा कोभिड – १९ ले झ्याप्प डेरा नजमाउनु हामी भाग्यमानी थियौं भन्दा त्यति गलत हुदैन । विश्वका शक्तिशाली देश छटपटाइ रहेको समयमा चारैतिर खुल्ला सिमाना भएको देश नेपालका हामी नेपाली धेरै भाग्यमानी छौँ ।

यो भाइरसले डेरा जमाएका ती देश, हरेक दृष्टिकोणले नेपाल भन्दा धेरै गुणा सम्पन्न, सक्षम र शक्तिशाली छन । स्वास्थ्य क्षेत्रको दृष्टिकोणले मूल्याङ्कन गर्ने हो भने पनि छिमेकी देश चीन र भारत एसियाकै सबल र सक्षम देश भित्र पर्दछन । त्यस्तै गरि इटली, स्पेन यूरोपकै उत्तम स्वास्थ्य ब्यबस्था भएको देशहरु हुन र अमेरिकाले आफुलाई विश्वको शक्तिशाली घोषणा गर्छ । कोरोनाका सामु शक्तिशाली देश झन निरीह देखिएका छन । तर नेपाल उनीहरू भन्दा धेरै नै पछाडी छ र पनि धेरै भाग्यमानी । विश्वका एकाध देशका बाहेक सबै देशका नागरिक क्वारेन्टाइनमा छन ।

यहीँ कोरोनाको विश्व महामारीलाई केन्द्रमा राखेर नेपाल सरकारले राम्रा कदम चाल्यो सुरुमा छिमेकी देशको सिमा नाका बन्द गर्यो र छिट्टै लकडाउन गर्ने घोषणा गर्यो । यी खाले कदम सामान्य परिस्थितिमा घोर मानवअधिकार हननका संकेत हुन भने अहिलेको परिस्थितिमा ठुलो मानवीय रक्षा, तसर्थ एकान्त कुनामा बसौं आफू बचौँ र सरकारलाई सहयोग गरौँ अनि बुझौं हामी मानव समयका दास हौं ।

मानव जतिले भोगिरहेको समय त्यति सुखद होइन तर जनावर तथा प्रकृतिका अन्य अंगले अहिले भोगिरहेको समय धेरै सुखद देखिन्छ । हिजो जनावरलाई खोर/साङ्लो / दाम्लो बनाउने, चरालाई पिंजडा बनाउने, माछालाई पोखरी बनाउने मानव जाती अहिले आफैद्वारा निर्मित एकान्त बासमा छ भने जनावर स्वतन्त्र आकास मुनि र अन्य प्राकृतिक स्रोत, साधनको दोहन यतिबेला शुन्य प्राय छ । र लाग्छ यहाँ प्राकृतिक न्यायको सिद्धान्तको भरपुर प्रयोग भएको देखिन्छ ।

सरकारले साना कक्षाका परीक्षा छिटो सिध्याउन र एसईई, विश्वविद्यालय तथा सबैखाले परिक्षा स्थगित गर्ने घोषणा गरे प्रश्चात सबैलाई लाग्न थाल्यो कि कोरोना भाइरस साच्चिकै खतरनाक छ । परीक्षा नरोकिएको भए हामी कसैलाई लाग्दैन थियो कि कोरोना भाइरस के हो ? यसको प्रभावको गाम्भिर्यता कति छ ? किन कि हाम्रा छोराछोरी / भाइबहिनी घरमै बस्न थाले, होहल्ला गर्न थाले र कोरोनाको बास्तबिकता बुझ्न, ठुलो संख्यामा हामी बाहिर निस्किएका हौँ । अहिले यो दुनियाँमा कोरोनाको बारेमा जानकारी नभएको न कुनै मानव जाती छ ? र लाग्छ प्रकृतिका महत्त्वपूर्ण अंग जङ्गल, जमिन, जल र सबै जिवित प्राणीले पनि बुझ्दै छन कि मानवहरू अहिले ठुलो संकटमा छन उनिहरुलाई कोरोनाले सताएको छ ।

यतिबेला सरकारले लक डाउन घोषणा गरेको छ । मैले बुझेसम्म लक डाउनको अर्थ ठ्याक्कै यहि हो भन्न गाह्रो छ । मैले लक डाउनलाई यसरी बझ्छु । देशसंग जोडिएका सम्पूर्ण नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्‍न आग्रह गर्ने, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गर्ने । अति आवश्यक सेवाबाहेक मानिसको बढी चहलपहल हुने निजी कार्यलय र उद्योग कलकारखना पनि निश्‍चित समयका लागि बन्द गर्ने । यति गर्दापनि सोचे अनुरुप परिवर्तन नआएमा वा अवस्था सामान्य नभए नागरिकलाई घरमै अनिवार्य रुपमा बस्‍न आग्रह होइन, आदेश दिने । आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था लकडाउनको अर्को रुप हो । यो महामारीबाट बच्‍न लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपाय हो । कोरोनाबाट आक्रान्त भएका चीन, अमेरिका, भारत तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउन’ को निर्णय गरेका छन् ।

जतिसुकै परिश्रम गरेपनि खान मुस्किल हुनु हामी नेपालीको नियति हो । देशमा उचित किसिमको नीति नबन्दा सम्म र सहि कार्यान्वयन नहुँदासम्म यस्तो अवस्था रहिरहनेछ । हिजो सम्म प्रचण्ड गर्मीमा ढुङ्गा फोड्ने मजदुरहरु आज के खाएर छाक टारेका होलान ? दिनभर पसिना बगाएर साँझ चुलो बाल्नेहरुको अवस्था कस्तो होला ? उनिहरुले कुरी रहेको स्वणिम बिहान कहिले आउला ? काममा फर्किन पाउने दिन कहिले आउला ? पेटभरि खाने दिन कहिले आउला ? यी र यस्ता प्रश्नले मेरो मनमा डेरा जमाएका छन भने पीडित पक्षले भोगिरहेका छन । लक डाउनको पहिलो दिन म स्वयं ग्यासको अभावमा जसरी तड्पिए उनिहरूको तड्पन झन दर्दनाक छ भन्ने मेरो अनुभुतीले भन्छ । तर यदाकदा राहत बाँढिएको सुन्नमा आएको छ यो कदम सम्मानजनक छ वास्तविक पीडितको घरमा चुलो ननिभोस् यही कामना छ ।

सहज आपूर्तिको अभाव र आपूर्ति भएपनि कालोबजारीले त्यो वर्गका नेपालीहरुलाई छियाछिया पारेको छ । सरकारले त भनेको छ कालोबजारी भएमा उजुरी गर्नु कारबाही गर्छौं तर प्रति के जि ५५ रुपैयाँ पर्ने चामललाई ६१ रुपैयाँ पर्यो भन्न म कुन न्यायालय जाउँ ? केहीदिन पहिले प्रति केजी ६० रुपैयाँ पर्ने टमाटरलाई हिजो एउटा तरकारी पसलमा ११० रुपैयाँ भन्यो, सबैलाई थाहा छैन कि कुन तरकारीको वास्तविक मुल्य कति हो ? कालोबजारी नियन्त्रणमा सधैं असफल हाम्रो देशको सरकारलाई बाहिर निस्कन नपाइने समयमा ठ्याक्कै कुन उजुरी लिएर कुन न्यायालय धाउँ ? कोरोना सन्त्रासले कोर्रा हानेको समयमा एकान्तबास अथवा मानव निर्मित पिंजडामा बस्नुको विकल्प छैन ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra