शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र समीर

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०७७


अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र समीर

कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो । यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन । यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो । रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र हो । संक्रमण भएको ७-८ दिनदेखि महिनासम्म यसमा एन्टीबोडी देखिन सक्छ । रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन

एक त यो टेस्टका किट गुणस्तरहीन छन् । ३०–४० % भन्दा धेरै गलत रिपोर्ट आउँछ । त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन । उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन ब्यक्तिहरुमा RDT टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो । यदि उनीहरुलाई PCR टेस्ट नगरेको भए उनीहरुले सयौं / हजारौं जनालाई यो रोग फैलाउन सक्दथे । सरकारले धेरै जिल्लामा दशौ हजारलाई यो परिक्षण गरिरहेको छ । रिपोर्ट नेगेटिभ आइरहेको छ । यदि RDT टेस्ट पोजिटिभ आयो भने उसलाई PCR टेस्ट गरिएको छ । यो राम्रो पक्ष हो । यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, PCR टेस्टको अवसर पाउँछ । तर RDT मा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसंग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ । यो निकै संबेदनशील बिषय हो ।

PCR टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो बिधि विश्वासिलो छ । यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केहि दिनपछिसम्म पोजिटिभ देखाउंछ । नयाँ रोग फैलिएको बेलामा PCR टेस्ट नै गर्नुपर्छ । घांटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परिक्षण राम्रोसंग गर्यो भने PCR टेस्टबाट ७० % सहि रिपोर्ट आउँछ । नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर PCR टेस्ट गर्ने हो भने ९० % रिपोर्ट आउँछ । PCR मा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परिक्षण दोहोर्याउन पर्ने हो ।

अहिले नेपालले जतिसक्यो PCR मेसिन किन्नुपर्छ । RDT किटमा पैसा खेर फाल्नु जरुरी छैन । युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन । तसर्थ भएका RDT किटलाई स्टोरमा राखौं । अर्को बर्ष संक्रमण निर्मुल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ । जति सक्यो PCR मेसिन किनौं, PCR टेस्टको दायरालाई ब्यापक बनाऔं । सरकारले मात्र नसके सयौं निजि अस्पताल छन्, तिनीहरुलाई PCR टेस्ट गर्न सहजीकरण गरौँ । कोरोना संक्रमण जित्न PCR परिक्षणको दायरा बढाएर संक्रमित समुहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको बिकल्प हामीसंग छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra