शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

नोवेल कोरोना भाइरसको बारेमा जानकारी

  • प्रकाशित मिति : शुक्रबार, माघ १०, २०७६


नोवेल कोरोना भाइरसको बारेमा जानकारी

बुटवल : गत डिसेम्बरमा नोवेल कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिए। त्यसपछि हाल अमेरिकालगायत ५ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन् । थाइल्यान्ड, जापान र दक्षिण कोरियामा पनि यसका बिरामी फेला परिसकेका छन्। अहिलेसम्म ४ सय ४० जना भज्दा बढी यसबाट संक्रमित भएको बताइएको छ।

कोरोना भाइरसको जेखिम नेपालमा पनि बढेसंगै सरकारले सर्तकता बढाएको बताएको छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म देखा परेको पुष्टि भने भएको छैन। यो भाइरसको संक्रमण विभिन्न देशमा फैलन थालेपछि यसका विषयमा चासो र चिन्ता पनि बढीरहेको छ। यो बिषयलाई बि बि सि लगायतका विश्वका प्रमुख समाचार मध्यमले प्रमुख समाचार बनाएका छन । यस विषयमा सबैको चासो हुनसक्ने प्रश्नोतर यहाँ समेटेका छौं ।

१. नोवेल कोरोना भाइरस भनेको के हो ?

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यसले मानिसको अलावा पशुहरुमा पनि संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।

२. के मानिसमा जनावरहरुबाट नोवेल कोरोना भाइसर संक्रमित हुन सक्दछ ?

नोवेल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल सम्म फेला परेको छैन।

३. मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।

४. एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ ?

अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।

५. यस भाइरसको संक्रमणबाट कसरी बच्ने ?

सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा पुष्टि भएको छैन र पनि रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

६. यस भाइरसका मुख्य लक्षण के के हुन् ?

ज्वरो आउने, रुघाखोकी लाग्ने,श्वासप्रस्वासमा अत्याधिक समस्या, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

७. नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने ?

नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अन्डा राम्रोसँग पाकेको मात्र खाने।

८. यो भाइरसको उपचार के छ ?

नोवेल कोरोनाभाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ। त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

-(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा)

(जानकारीको लागि सेयर गरिदिनु होला ।) – धन्यवाद

https://pahilo.tinaunews.com/news/937/#.Xirzfg0UJvk.facebook

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra