शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

तिलोत्तमामा गर्भवती र बालबालिकालाई पौष्टिक आहार

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


तिलोत्तमामा गर्भवती र बालबालिकालाई पौष्टिक आहार

तिलोत्तमा, असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले जानकारी दिनुभयो ।

आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्यारेट अण्डा, एक लिटर खानेतेल, आयोडिनयुक्त नुन, साबुन, सर्वोत्तमपिठो, बालभिटालगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान सुरु गरिएको बताउनुभयो । यो अभियानले बालबालिकाको नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उहाँको विश्वास छ ।

यस्तै उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तिलोत्तमा नगरपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको बताउँदै उहाँले अबका दिनमा पौष्टिक आहार वितरणलाई पनि निरन्तरता दिइने बताउनुभयो ।

मूलतः विपन्न तथा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमार्फत सञ्चालन गरिने छ । वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टंक टिवारी, स्वास्थ्य शाखाका गणेश गौतमलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra