बिहिबार, बैशाख १३, २०८१ Thursday 25th of April 2024

कोरोनाको कहरमा छोरालाई खुल्ला पत्र

  • महेन्द्र लिगल
  • प्रकाशित मिति : सोमवार, बैशाख १५, २०७७


कोरोनाको कहरमा छोरालाई खुल्ला पत्र

प्यारो छोरा आशीर्वाद,
कोरोना भाइरस (COVID – 19) बाट विश्व नै आक्रान्त भएको कुरा तिमीलाई थाहा नै छ । त्यसको चपेटाबाट नेपाल पनि अछुतो रहेन । त्यसैले म लगायत बटौली(पुरानो बुटवल)का युवा साथिहरूले नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित श्रमजीवी वर्गका साथीहरु नेपालको विभिन्न स्थानमा श्रम गरिरहेको अवस्थामा रोजगार बिहिन भएर आ-आफ्नो जन्मघरको गन्तव्य प्रस्थानका लागी निकै दिन लगाएर भोकभोकै पैदल हिडेर बुटवलसम्म आइपुगेको र केही मजदुरह साथीहरू जसको रोजगारी गुमेको छ रोजगारी गुमेकैकारण भोकै बस्नु परेको सूचना प्राप्त भएपछि हामीले ती श्रमजीवी मजदुरहरुको दु:खमा थोरै मलम लगाउन सकिन्छ कि भनेर नयाँ वर्षको पहिलो दिन देखि सडकमा “बटौलि सडक खाना ब्यवस्थापन टोली” बनाएर लागेको कुरा जानकारी गराउन चाहान्छु ।

यो क्रममा हामीले कुनै स्वार्थ नराखी मानव सेवामा लागी रहदा हाम्रो टोलि लाई धेरै मनकारी दाताबाट मनग्य सहयोग भएको पनि बताउन चाहान्छु । धेरै दाताहरुले हामीहरु लाई फोन गरेर हौसलाका साथै नगद र जिन्सी सामाग्री दिइरहनु भएको छ । हामीले आज सम्म सोलु, काठमाडौं, पोखरा, चितवन, गुल्मी, स्याङ्जा, दोलखा, सिन्धुली लगायतका जिल्ला तथा ठाउँबाट बाँके, बर्दिया, सुर्खेत दाङ, प्युठान, सल्यान, कैलाली जाजरकोट, दैलेख लगायतका पश्चिमी जिल्ला जान हिडेका १८ सय भन्दा धेरै श्रमजीवी साथीहरूलाई खाना खुवाउने, सवारी साधनको ब्यवस्थापन गरि घर पठाउने र अौषधी उपचार समेत सहयोगी मनको सहयोगबाट भैरहेको छ ।

तिमीलाई यी सबै कुरा बताईरहदा यो बिच हामीलाई शुभकामना सहयोग दिनेहरुको कमि छैन र आगामी दिनमा पनि सहयोग रहिरहने विश्वास लिएकाछौं । यो बिच हाम्रो कामबाट आफ्नो व्यापारमा गिरावट भएको महसुस गर्दै हामी भित्र गलत मनसाय भएका बाहिरी मान्छेहरू खेल्न नखोजेका होइन । हाम्रो कामबाट हाम्रै आफ्नाहरू भनिने भित्र भित्र जलि रहेका रहेछन र विभिन्न कोणबाट यिनिहरुले यत्रो पैसा कताबाट ल्याए, मजदुर वर्गबाट यति धेरै जयजयकार कसरी पाए, सबैले यिनिहरुकै चर्चा किन गरे आदि जस्ता कुरा गर्न थालेका रहेछन । हामीले संकलन गरेको र दानवीरहरुको सहयोग नै हाम्रो खर्चको मुख्य स्रोत भएको पनि जानकारी गराउन चाहन्छु ।


हामीले भोलिका दिनमा सबै विवरण पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने गरि हिसाब राखेको पनि तिमिलाई बताउन चाहान्छु । हामी बिच हाम्रो सेवालाई कमजोर पार्न कोहीले सहयोगको नाउमा राजनीतिक रंग दिन थालेको पनि आभास हुन थाल्यो । हाम्रो लोकप्रिय कामबाट केही साथीहरु मात्रै चर्चामा आउने भए भनेर पक्ष विपक्षको खेलमा साथीहरुले मिडिया बाजी गर्न लागेको बुझियो। केही सञ्चार माध्यमले हामीले गरेको कामलाई अर्कैको नाम जोडेर (जसको कुनै भुमिका छैन) प्रचार गरेको, अभिभावकत्व लिन खोजेको देखियो तर हामी कुनै नामको लागी काम नगरेको तर मानव धर्मको लागि सेवा गरेको कुरा छोरा तिमीलाई बताउन चाहन्छु ।

यसै बिच सबैले साझा सहयोगी भावनाबाट काम गरिरहँदा राजनीतिक व्यक्तिको अनुहार पनि हाम्रो बिच कामको जस लिन नदेखिएको पनि होइन हुन त म पनि राजनीतिक व्यक्ति हुँ, बुटवल उपमहानगरपालिका वार्ड नं. १ को वडाध्यक्ष हुँ, मेरो सेवा क्षेत्र यस वडा मात्र हो भन्ने नसोचेर मनव सेवामा लागेको छु । मनव सेवामा राजनीति गर्नु हुँदैन भन्ने मेरो धारणा छ ।

समाजमा अरुले गरेको कामको जस आफुले लिन खोज्ने काम चोरहरुको कुनै कमि छैन । अब तिमीले बुझ्नु पर्ने कुरा के भने छोरा समाजमा अरुले गरेको कामबाट ईष्या गर्ने, अरुको काम आफुले गरेको वा आफुले गराएको भनी जस लिन खोज्ने र काम बिगार्नेको कमि छैन तसर्थ मानव सेवामा, न्यायको पक्षमा, श्रमजीवी मजदुरको पक्षमा, भोकाहरुको पक्षमा, नाङ्गाहरुको पक्षमा काम गर्न कुनै कसुर नराखी निस्वार्थ भावनाले लाग्नुपर्छ । सेवा गर्ने बाटोमा आउने तगाराहरू उखेलेर फाल्नुपर्छ भनी बुझाउन यो पत्र लेखेको हुँ । छोरा जसले जे जस्तो व्यवहार गरे/भने पनि हामी सेवा भावबाट कत्तिपनि बिचल्ली हुनुहुँदैन, हामी आफ्नो अभियानमा निरन्तर रहनु पर्छ र नाम कमाउन काम गर्नुपर्छ भन्ने कुरामा बिश्वास राख्नुपर्छ भन्दै अन्यकुरा अर्को पत्रमा लेख्नेछु अहिलेलाई कलम बन्द गर्दछु ।

उहीँ तिमीलाई भेट्न सम्म नपाई श्रमजीवी मजदुरको सेवामा खटेको तिम्रो बुवा महेन्द्र लिगल तिम्रौ बटौलीबासीसंगै सडकबाट…

फोटो सामाजिक सञ्जालबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra