शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

काठमाडौं हेल्थ केयर अब बुटवलमा

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६


काठमाडौं हेल्थ केयर अब बुटवलमा

बुटवल ५ साउन

शिक्षा स्वास्थ्य जस्ता विषयमा सरकारले लगानी गर्नु पर्ने हो तर यस्ता विषयमा सरकार उदासीन भैरहदा निजी क्षेत्र लगानी गर्न कतै इच्छुक त कतै बाध्य देखिन्छन । काठमाडौमा जस्तै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बुटवलको मैत्रीपथमा काठमाडौं हेल्थ केयरको अौपचारीक शुभारम्भ भएको छ ।

हेल्थ कयरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सांसद माननिय चेतनारायण आचार्यले मानिसको सबैभन्दा अमूल्य चिज स्वस्थ जीवन हो । यो खेलबाड गर्ने बिषय हुदै होइन । स्वास्थ्य सस्था खोल्नु सामान्य कुरा हो तर रोग पत्ता लगाउनुका साथै प्रभावकारी र गुणस्तिरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण कुरा हो तसर्थ काठमाडौ हेल्थ केयर स्वास्थ्यका बिषयमा संवेदनशील भई लाग्नेछ साथै प्रतिष्ठा कमाउने छ भन्ने कुरामा अाफु पुर्ण आशावादी रहेको बताउनु भयो ।

शुभारम्भ कार्यक्रमका बिशिस्ट अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेबी आचार्यले बुटवल स्वास्थ्य क्षेत्रको केन्द्रका रुपमा विकास हुदै गएको त्यसमा एउटा इट्टा थप्ने काम गुणस्तरीय स्वास्थ्य सेवा दिएर काठमाडौं हेल्थ केयरले गर्ने कुरामा आफू पुर्ण आासावादी रहेको बताउनु भयो । नयाँ नेपाल र सुखी नेपाली हुनका लागि सबै नागरीक स्वास्थ्य हुनुपर्ने बताउदै अस्पतालहरुले सवै बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्न आग्रह गर्नु भयो । शुभारम्भको अवसरमा साउन ४ र ५ गते ओपिडी सेवा तथा सुगर परीक्षण निःशुल्क साथै एक्सरे, भिडियो एक्सरे तथा अन्य सम्पुर्ण जाँचमा पाँच देखी पच्चिस प्रतिशत सम्म छुटको व्यवस्था गरिएको र गुणस्तरीय सेवाको लागि कुनै कसि बाँकी नराख्ने अध्यक्ष कुलचन्द्र पाण्डेले बताउनु भयो ।

 

वाथ रोग, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, रेडियोलोजी, न्यूरो सर्जरी, स्त्री तथा प्रस्तुती रोग, हाडजोर्नी तथा नशा रोग, जर्नल फिजिसियन, छाला तथा यौन रोगका विशेषज्ञ डाक्टरहरुको उपलब्धताका साथै एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, ई. सि. जि., इन्डोसकपी, फार्मेसी तथा सल्यक्रिया सेवा उपलब्ध रहेको सञ्चालन समिति कोषाध्यक्ष भेष बहादुर थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra