शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतिले गर्ने भए अंगदान

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


परराष्ट्रमन्त्री ज्ञवाली दम्पतिले गर्ने भए अंगदान

काठमाडौं नेकपा नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नीले मृत्यपछि आफ्नो अंगदान गर्ने भएका छन् । शुक्रवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर पुगेर ज्ञवालीले अंगदान गर्नको लागि संझौता गरेका छन् ।

ज्ञवाली र उनकी पत्नीले मरणोप्रान्त आफ्नो अंगदान दिने भएका छन् । दुबै बुढाबुढीले  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं । जिन्दगीको त के भरोसा छ र ? अंगदानपछि आफ्नो प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भने जति दिन बाँचिन्छ, समाजमा थोरै भएपनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् ।

नेपालमा अंगदान गर्नेहरुको संख्या धेरै कम छ । मृत्युपछि जलेर खरानी हुने शरिर अरुका लागि काम लगाउन मन्त्री ज्ञवाली दम्पतीले अंगदान गर्ने भएका छन् । ज्ञवालीको अंगदानले एउटा सकारात्मक सन्देश जाने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra