बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६


रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी

 

बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई घरपरिवारका १६ जना बिरामी परेका छन् ।

जिल्लाको रोहिणी गाउँपालिका-१ चनुली र सम्मरीमाई गाउँपालिका(५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । सबै बिरामीको भैरहवामा रहेको भीम अस्पतालमा उपचारत भइरहेको छ ।


रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका(५ थुमुवा पिपरहवामा घर नजिकै उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको अस्पतालले जानकारी दिएको छ ।

उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सक डा। त्रिलोचन पन्थीले जानकारी दिए ।

केही दिनअघि पनि रोहिणी गाउँपालिका(२ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए ।

वर्षायाममा जंगलमा उम्रिने च्याउ नखान चिकित्सकहरुले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra