शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

यसरी चिन्नुहोस्, कुन हो विषालु च्याउ

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६


यसरी चिन्नुहोस्, कुन हो विषालु च्याउ

विषालु  च्याउ खाएर मानिस बिरामी भएको तथा कतिपय अवस्थामा त परिवारका सबै सदस्यको ज्यानै समेत गएको समाचार आइरहेका हुन्छन् । खासगरी जङगलबाट टिपेर ल्याएका च्याउ खाँदा यस्ता घटना बढि घट्ने गर्दछन् । यदि तपाइ च्याउ खान मन पराउनुहुन्छ तर च्याउ चिन्न सक्नुहुन्न भने यहाँ विषालु र सध्य च्याउ चिन्ने केही तरिकाका बारेमा चर्चा गरिएको छ ।

पुरानो तथा बिग्रिएको च्याउ– स्वस्थ र विषरहित च्याउ जहिलेपनि ताजा र नरम खालको हुने गर्दछ । यसमाथि पनि विष नभएको च्याउ हतपत नभाँचिएको अवस्थामै हुने गर्दछ । यसको अलवा च्याउ टिप्दा वा किन्दा यो कुरामा पनि विचार गर्न जरुरी छ की कतै च्याउमा किरा लागेको वा कुनै कालो धब्बा बसेको त छैन् रु यदि यस्ता लक्षण भएको च्याउ हो भने यो खानु हुँदैन् यस्ता च्याउ विषालु हुने संभावना अधिक हुन्छ ।

छाता आकारको च्याउ नकिनौं–यस्ता आकार भएका च्याउमा विष हुने संभावना अरु च्याउमा भन्दा धेरै हुन्छ । छाता आकारको च्याउका डाँठमा सेतो रङको एकप्रकारको घेरा पनि हुने गर्दछ । यस्ता च्याउहरु ब्ढि उज्याला हुने गर्दछन् र यिनमा प्राकृतिक विष एमनिटा प्रशास्तै हुने गर्दछ । यी च्याउहरु हुर्किदै जाँदा खैरा रङमा परीणत समेत हुने गर्दछन् ।

झुप्पा भएका च्याउ–झुप्पा भएका च्याउ पनि खानुहुदैन् यी च्याउले पनि स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

सुगन्धित च्याउ– कुनै च्याउ यस्ता पनि हुनेगर्दछन् की तिनीहरुको गन्ध बास्नादार हुनेगर्दछ । यी च्याउ खाँदै खानुहुँदैन् । यो मात्रै होइन स–सना खैरा रङका च्याउ पनी खानुहुँदैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra