शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

ओम अस्पतालमा उपचाररत बिरामीको मृत्यु, अस्पतालमा नाराबाजी

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


ओम अस्पतालमा उपचाररत बिरामीको मृत्यु, अस्पतालमा नाराबाजी

 ओम अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि अस्पतालमा आफन्तले नाराबाजी गरेका छन्।

सिन्धुपाल्चोक इन्द्रावती–१० घर भएकी ५० वर्षीया रामप्यारी थापाको उपचारका क्रममा मृत्यु भएको हो। थापाको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि आइसियुमा रहेकी थापाको बिहिबार बिहान ७ बजे मृत्यु भएको हो।

बिरामीको मृत्युपछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्। नाराबाजीका कारण अस्पताले सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।

बिरामीका आफन्तले शल्यक्रियाका क्रममा अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्। ड्रिल गरेर शल्यक्रिया गर्ने क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यो नटालेका कारण शरीरमा संक्रमण फैलिएर बिरामीको मृत्यु भएको आफन्त खड्ग श्रेष्ठले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको बताए। ‘उहाँको केस पहिलेदेखि नै कम्प्लिकेटेड थियो,’ उनले भने, ‘अस्पतालले उहाँलाई सकेसम्म बचाउने र राम्रो उपचार सेवा दिएको हो, तर दुर्भाग्य डाक्टरहरुले प्रयास गर्दा पनि बचाउन सकेनन्।’

बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra