शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा प्रदर्शन र झडप

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा प्रदर्शन र झडप

उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन्।

अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु भएकोे हो।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा जन्माएकी उनको रक्तश्राव नरोकिएपछि शुक्रबार उपचारका लागि पुनः डडेलधुरा अस्पताल पुगेकी थिइन्। उनलाई ८ पिन्ट रगत दिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ। ताम्राकारको अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिइएको र रिफर गर्न हेलिकोप्टरको समेत व्यवस्था गरेको अस्पतालले बताएको छ।

शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ।

चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन। आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ।

प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नुको कारण अपरेसनमा नै त्रुटी रहेको आफन्तले आंशका व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra