शुक्रबार, बैशाख ७, २०८१ Friday 19th of April 2024

गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीको साधारणसभा सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, पुस २७, २०७६


गौतमबुद्ध  स्वास्थ्य सेवा सहकारीको साधारणसभा सम्पन्न

बुटवल: गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड बुटवलको आठौं वार्षिक साधारणसभा शनिवार होटल पौवामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सस्थाका अध्यक्ष तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले गरेका थिए ।

साधारणसभामा सस्थाको अध्यक्षको प्रतिबेदन पेस गर्दै श्रेष्ठले आम जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनका लागि गौतमबुद्ध स्वास्थ्य सेवासहकारी उपयुक्त माध्यम भएको बताए । स्वास्थ्य सेवा आम जनताका बीचमा पुर्याउनका लागि सहकारीलाई विकल्पका रुपमा अगाडि बढिरहेको बताए । अध्यक्ष श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन समेत पेस गरेका थिए ।

साधारणसभाका अतिथि प्रदेश सभा सदस्य डाक्टर कृष्ण न्यौपानेले नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको धारणा राख्दै न्यौपानेले आगामी दिनमा गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीले यस ठाउँको स्वास्थ्य क्षेत्रको विकासमा योगदान दिने विस्वास ब्यक्त गरे ।


गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले लगानी गरेको देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले मेडिकल कलेजलाई स्तरीय रूपमा अगाडि बढाउन आफुसंग तात्कालिन, माध्यकालिन र दृर्घकालिन योजना भएको बताउँदै यति विशाल स्वास्थ्य सहकारीसंग हातेमालो गरेर अगाडि बढ्न पाउँनु ठुलोकुरा भएको बताए ।

कोषाध्यक्षको प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष भुपाल कुमार श्रेष्ठले संस्थामा ०७५/०७६ मा ६४९ जना शेयर सदय रहेको सस्थामा सोही अवधिमा संस्थाले १७ करोड ५५ लाख ५८ हजार ६ सय ९२ शेयर पूँजी रहेकोमा ५९ लाख ४९ हजार दुई सय ५१ रुपैयाँ खुद नाफा रहेको जानकारी दिए । लेखा समितिका संयोजक बालाराम भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा काफ्ले, जिल्ला समन्वय समितिका सदस्य खेम प्रसाद लुइँटेल, गौतमबुद्ध इन्टरनेशनल मेडिकल कलेजका सञ्चालक प्रा डा आर सी आचार्य, देवदह मेडिकल कलेजका लगानीकर्ता हिमलाल ज्ञवाली, सस्थाका सल्लाहकार लोकनाथ उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष भोजप्रसाद श्रेष्ठकोअध्यक्षता, उपाध्यक्ष डा. रोहितराज क्षेत्रीको स्वागत र सचिव युवराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra