शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना भाइरसको त्रासले चुम्बनमा प्रतिबन्ध !

  • - एजेन्सी
  • प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६


कोरोना भाइरसको त्रासले चुम्बनमा प्रतिबन्ध !

पेरिस : विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । यसअघि भने उनले एकअर्कासँग हात नमिलाउन आग्रह गरिसकेका थिए।

फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो ।

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ । चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ र संक्रमित हुनेको संख्या ७९ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै चीन बाहिर संक्रमित हुने ७ हजार तथा १ सय १२ को मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra