काठमाडौं : नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद यी नारा कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरुका हुन । १६ दिनपछि सोमबार घर फर्किएका भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुले सोमबार घर फर्किने क्रममा उनिहरुले यस्ता नारा लगाएका हुन ।
उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो ।
शनिबार दोस्रो पटक नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।
घर फर्किने क्रममा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको उच्च प्रशंशा गरे ।