शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

प्रचण्डलाई रुघाखोकी लाग्यो

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २०, २०७६


प्रचण्डलाई रुघाखोकी लाग्यो

काठमाडौं : झट्ट हेर्दा या सुन्दा माथि उल्लेखित शिर्षक कमजोर देखिन्छ तर विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण यस्ता समाचार महत्त्वपूर्ण लाग्छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।

‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तरपनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ’, खुमलटार स्रोतले भन्यो ।

आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष अस्पतालमा र अर्का अध्यक्ष प्रचण्ड पनि अस्वस्थ भएपछि केही दिन खुमलटारमै रहने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra