सोमवार, अशोज ८, २०८० Monday 25th of September 2023

प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल अहिले होस आयो, सबै मुख्य सूचकांक राम्रो अवस्थामा

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०७६


प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल अहिले होस आयो, सबै मुख्य सूचकांक राम्रो अवस्थामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन् । उनको स्वास्थ्य स्थिति पनि सामान्य रहेको अस्पतालले जनाएको छ। पोष्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्रीको होस आइसकेको प्रत्यारोपण टोलीका प्रमुख डा प्रेम ज्ञवालीले जानकारी दिए । उनले भने, ‘उहाँलाई आइसियुमा राखीएको छ।’

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्कालेे  एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको जानकारी दिएका हुन ।

प्रधानमन्त्रीको प्रत्यारोपण शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, डा अनन्तकुमार थिए भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थिए। यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो ।

त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ विज्ञप्ति जारी प्रत्यारोपण सफल भएको जानकारी दिएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीका सबै मुख्य अंगले राम्रोसँग काम गरिरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra