बुटवल : चिनबाट सुरुभइ विश्वभर फैलिरहेको कोरोना भाइसर (COVID-19) को संक्रमणप्रति सजगता, रोगथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभा सचिवालय तथा मातहतका मन्त्रालयहरु आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, उद्योग,पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूवाधार विकास र सामाजिक विकास मन्त्रालयको नाममा अनुरोध पत्र पठाएको छ । पत्रमा COVID-19 को संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी कार्यान्वयन गर्नुहुन निर्देशन दिएको छ ।