शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररत एक युवककाे मृत्यु

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६


कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररत एक युवककाे मृत्यु

चितवन : भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको उपचारकाे कर्ममा मंगलबार बिहान ७ बजे मृत्यु भएको काेराेना स्थाई अस्पतालकाे प्रवक्ता भाेजराज अधिकारीले जानकारी दिनुभयाे ।
अधिकारीका अनुसार उक्त बिरामी बिगत एक वर्ष देखि किड्नीकाे बिरामी थिए पछिल्लाे समय उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । अहिले उनको शव को शव अस्पतालमै राखिएको छ ।

कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्युको कारण खुल्न सकेको छैन । उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भए-नभएको भने रिपोर्ट आउन बाँकी छ ।

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

न्युज24 बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra