काठमाडौं : सर्वियाका एक मन्त्रीको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । बीबीसीले बताए बमोजिम सर्वियाका वातावरण राज्यमन्त्री ब्रानिस्लाभ ब्राजिकको कोभिड–१९ को कारण ज्यान गएको हो ।
दक्षिणपन्थी नेता ब्राजिक सत्तारुढ प्रोग्रेसिभ पार्टीका संस्थापक पनि हुन् । सन् १९९० को अन्तिम दशकमा उनी वातावरण मन्त्री थिए । हालै मात्र उनी सोही मन्त्रालयमा राज्यमन्त्रीका फर्केका थिए ।
सर्वियामा पछिल्लो समय उल्लेख्य संख्यामा भाइरसका संक्रमित बढेका छन् । अहिलेसम्म यो भाइरसको कारण मुलुकमा संक्रमितको संख्या एक हजार ६० पुगिसको छ भने यसबाट ३० जना मानिसको ज्यान गइसकेको छ ।
अहिले सर्वियामा आपतकाल घोषणा गरिएको छ ।