शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नेपालमैमा पहिलो लिक्विड अक्सिजन प्लान्ट रूपन्देहीमा बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८


नेपालमैमा पहिलो लिक्विड अक्सिजन प्लान्ट रूपन्देहीमा बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

बुटवल । देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उनले भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् ।

रुपन्देहीको रोहिडी गाउँपालिका सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन गर्नेछ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको १ अरब लगानीमा प्लान्ट बनाउन लागेका हुन ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।

उक्त लिक्विड अक्सिजन प्लान्ट सिलान्यास कार्यक्रममा भौतिक रूपमा सहभागी भएका लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले उद्योगीलाई धन्यवाद ज्ञापन गर्दै कोभिडको दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं अब निजी क्षेत्रबाट यति ठूलो मात्रामा अक्सिजन उत्पादन गर्ने लिक्विड अक्सिजन प्लान्ट स्थापना भएपछि अक्सिजन ग्यासको अभाव नहुने विश्वास व्यक्त गरे ।

सिलान्यास कार्यक्रममा बोल्दै उद्योगी शंकर अग्रवालले कोभिडको संकटमा आफ्नोतर्फबाट सकेसम्म उत्पादन गरेको र भारतबाट समेत अक्सिजन ल्याएर धेरैको ज्यान बचाएको र विगतको भोगाइ र भविष्यको मागलाई मध्यनजर गर्दै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको बताए । उनले प्लान्टको स्थापना पश्चात् अक्सिजन ग्यासकोको अलवा नाइट्रोजन ग्यास पनि उत्पादन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra