बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

स्वास्थ्य क्षेत्रमा यस्तो छ : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८


स्वास्थ्य क्षेत्रमा यस्तो छ : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को  बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन, अक्सिजनको आपूर्ति सहज बनाउन, निःशुल्क उपचारको व्यवस्था मिलाउन, स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले जानकारी दिएका छन् ।

यस्तो छ : स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेश सरकारको बजेट

– ५० शैयामा स्तरोन्नति भएका सबै अस्पतालमा विशेषज्ञ सेवा शुरु गर्न रकम विनियोजन गरिएको छ ।
– प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो लेभलमा स्तरोन्नति गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
– दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
– दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पताललाई १५ शैयाको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको छ ।
– नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ ।
– मृगौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउने बाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
– १६ वर्षभन्दा मुनिका क्यान्सरका बिरामीहरुका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ ।
– लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
‘निःशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
– बजेटमा बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयलाई स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल बनाउने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra