शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

‘स्वास्थ्य क्षेत्र सुदृढ हुँदै’ – स्वास्थ्य मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार २, २०७८


‘स्वास्थ्य क्षेत्र सुदृढ हुँदै’ – स्वास्थ्य मन्त्री श्रेष्ठ

बुटवल : लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ स्वास्थ्य क्षेत्र सुदृढ हुँदै गएको बताएका छन । बुधबार प्रतिमान – नीमा स्मृति प्रतिष्ठानद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै उनले अहिलेसम्म भौतिक विकासलाई मात्र विकास मान्ने गरिएकोमा अब विकास हुनको लागि गुणस्तर प्रमुख हो भन्ने बुझाईको विकास हुँदै गरेको कारण स्वास्थ्य क्षेत्र सुदृढ हुँदै जाने बताए । उक्त कार्यक्रममा बोल्दै उनले भने ‘बरू टहरोबाटै सेवा किन नदिइयोस् तर विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ यो अभियानमा राष्ट्रिय /अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग अतुलनीय रहेको छ ।’ उनले विज्ञहरूले भनेझै भोलि आउनसक्ने कोरोनाको तेस्रो भेरियन्टसंग जुध्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले कोरोनाको कहरका कारण संघिय र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखेको र स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै उच्च महत्त्वको गौरवको योजना रहेको बताउँदै काम गर्न सके बजेटको अभाव नहुने बताए ।

प्रतिमान – नीमा स्मृति प्रतिष्ठानकि कार्यकारी निर्देशक स्वाती थापाले संस्थाले शिक्षा स्वास्थ्य, वातावरण र सामुदायिक क्षेत्रमा सहयोग गर्ने योजना अनुरुप र स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलका कारण लुम्बिनी प्रादेशिक अस्पताललाई ८ थान अक्सिजन कन्सन्ट्रेटर, १५ थान अक्सिजन सिलिन्डर, दुई सय पिपिई सेट, दुई सय पचास पिस फेससिल्ड सोही मात्रामा सर्जिकल क्याप र १२० लिटर सेनिटाइजर बितरण गरेको बताइन् । उनले लुम्बिनी प्रादेशिक अस्पतालको अलावा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १३ वटा ठुला अस्पताललाई सोही या हाराहारी मात्रामा स्वास्थ्य सामाग्री बितरण गर्ने जानकारी दिइन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले आफुहरू गुणस्तरीय सेवामा भरपुर लागेको बताउँदै सहयोग गर्ने संथालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra