४ असार, पाल्पा । लामाे समय सम्मकाे लकडाउनकाे कारण जनजीवन कष्टकर बन्दै गैरहेकाे अवस्थामा पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा न. ७ ढाबमा बस्न्ने १९ घरपरिवारलाई शुक्रबार राहत स्वरूप प्रति घर २५ किलाे चामल, दाल र साेयाबिन सहितकाे खाद्यान्न बितरण गरिएको छ । पाल्पा बल्ढेङ्गगढिमा जन्म स्थान रहि हाल बुटवल ३ मा बस्ने तारा बहादुर खड्का र मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका संयाेजक लता खड्काले व्यक्तिगत रूपमा उक्त सहयोग गरेका हुन् ।
जंगलकाे बिचमा पर्ने उक्त गाउँ सबैखाले सेवा सुबिधाबाट बञ्चित छ । सरकारी नजर प्राय कम पर्ने सो गाँउमा कुमाल र दलित परिवारको बाहुल्य बसाेबास रहेको छ । भाैगाेलिक रूपमा कठिन रहेका गाउँका जनताहरूलाई सहयाेग गर्ने सोचका कारण उक्त स्थानमा सहयोग गरेकाे मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका संयाेजक लता खड्काले बताइन ।